दुई बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

दियोपोस्ट संवाददाता

कञ्चनपुर । कन्चनपुरमा १४ वर्षीया दुई बालिकालाई जबरजस्ती करणी गरेको आभियोगमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भिमदत्त नगरपालिका–४ बजारस्थित समाज कल्याण बाल अनाथालयका कर्मचारी ५१ वर्षीय शंकर चन्द रहेका छन् ।

चन्दले ती दुई बालिकाहलाई विगत ३/४ महिनादेखि जबरजस्ती करणी गर्दै आएको जाहेरीमा उल्लेख छ ।

जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीको टोलीले उनलाई
पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ

सम्बन्धित खबर

सिफारिस