सरकार संकटमा पर्छ जस्तो लाग्दैन : केपी ओली

दियो पोस्ट  

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार संकटमा पर्छ जस्तो आफूलाई नलागेको बताएका छन् ।

राष्ट्रपति निर्वाचन र गृह मन्त्री चयनको विषयले सत्ता साझेदार दलहरुबीच खटपट परिरहेका बेला ओलीले यही कारण सरकार संकटमा नपर्ने बताएका हुन् । विराटनगर विमानस्थलमा आज पत्रकारहरुको जिज्ञासामा उनले भने, ‘तपाईंहरुले भनेजस्तो सरकार संकटमा पर्छ जस्तो लाग्दैन ।’ आफूहरुको शासन प्रणालीमै अस्थीरता रहेको उनले बताए ।