कुटपिट गरी हत्या गरेको आरोपमा एकजना पक्राउ

दियो पोस्ट  

सिरहा । सिरहामा कुटपिट गरेर हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । नवराजपुर गाउँपालिका–४ नयाँ नहरनिया टोल बस्ने ७० वर्षीय सुभकलाल यादवको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने १९ वर्षीय राधेश्याम यादवलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

वादविवादका क्रममा राधेश्याम यादवले कुटपिट गर्दा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको थियो । त्यसलगत्तै ईलाका प्रहरी कार्यालय झाझपट्टी र ईलाका प्रहरी कार्यालय महेशपुरपतारबाट खटिएको प्रहरीको टोलीले कुटपिटमा संलग्न राधेश्यामलाई पक्राउ गरेको हो ।

सम्बन्धित खबर