काठमाडौं । सरकारले दैलेखमा पेट्रोलियम अन्वेषणका लागि जग्गा प्राप्तिका लागि स्वीकृति दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले दैलेखको भैरबी गाउँपालिका–१, जलजलेमा रहेको ४५ रोपनी जग्गा प्राप्तीका लागि स्वीकृति दिने निर्णय गरेको हो।
सन् २०१९ देखि नै चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा दैलेखमा पेट्रोलियम पदार्थको विस्तृत अन्वेषण कार्य अगाडि बढाइएको थियो।
कोरोना भाइरसको महामारीपछि बीचमा काम रोकिए पनि गत वर्ष चिनियाँ प्राविधिकहरुको टोलीले नै जलजलेमा ठाउँ यकीन गरेको थियो।
मन्त्रिपरिषद्को बैठकले नागमती बाँध आयोजनाको कार्यान्वयन अगाडि बढाउन काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ मा रहेको करिब १४ रोपनी जग्गा प्राप्ती गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ।