काठमाठडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्।
भेटमा वर्तमान राजनीतिक घटनाक्रम, राष्ट्रपति निर्वाचन र मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल भएको बताइएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएसँगै ओली र प्रचण्डबीच दैनिकजसो भेट भइरहेको छ। मंगलबार पनि प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच छलफल भएको थियो।