जुवातास खेलिरहेको अवस्थामा खाजाघर संचालकसहित ६ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । चन्द्रागिरी नगरपालिका–११ सतुङगलस्थित पाँचथर फिदिम नगरपालिका(५ घर भएका ४२ वर्षीय प्रकाश कुमार राईको खाजाघरमा जुवातास खेलिरहेको अवस्थामा खाजाघरका संचालक राईसमेत ६ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त खाजा घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३७ हजार ६ सय ८५ रुपैयाँ र २ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

नेपालको कानुनले जुवातास खेल्नुलाई कसुर मान्दै सजाय समेत तोकेको छ । मुलुकी अपराध संहिताको दफा १२५ मा जुवा खेल्ने मात्र होइन जुवा खेलाउने व्यक्तिलाई समेत सजाय तोकिएको छ ।