काठमाडौं । विवेकशील साझा पार्टीको पहिलो महाधिवेशन सुरू भएको छ। काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आज महाधिवेशन उद्घाटन समारोह जारी छ।
समारोहमा शुभकामना दिन विवेकशील साझाले अरू पार्टीका नेताहरूलाई पनि बोलाएको छ।
अहिलेसम्म पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भुसाल, जनमत पार्टीका अध्यक्ष सिके राउत, नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेललगायत महाधिवेशन उद्घाटन समारोहमा पुगिसकेका छन्।
महाधिवेशनमा देशभरबाट करिब एक हजार जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन्। उनीहरूले नै पार्टीको नयाँ नेतृत्व चयन गर्नेछन्। महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।