काठमाडौं । सत्ता साझेदार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई फेरि सरकारमा आउन आग्रह गरिएको छ । बालुवाटारमा बसेको बैठकमा छलफलको एजेण्डा रास्वपालाई सरकारमा ल्याउने बारे पनि रहेको सहभागी एक नेताले बताए ।
तर, यसमा रविले दिएको जवाफबारे केही बताइएको छैन । सरकारबाट बाहिरिएको रास्वपाले समर्थन भने कायमै राखेको छ ।
बैठकमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन सहभागी थिए । जसपा, जनमत र नागरिक उन्मुक्तिका नेता भने उपस्थित भएनन् ।