विश्वासको मत दिने पार्टीहरूको भावनालाई सम्बोधन गर्नुछः प्रधानमन्त्री प्रचण्ड

दियो पोस्ट  

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मतपछि राजनीतिक परस्थिति फेरिएको बताएका छन् । राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिमा जोड दिइरहेका उनले विश्वासको मत दिने पार्टीहरूको भावनालाई सम्बोधन गरेर अघि बढ्ने बताए ।आइतबार दिउँसो पार्टी केन्द्रीय सदस्य सम्मिलित वागमती प्रदेशस्तरीय समन्वय समितिको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिको औचित्यबारे प्रष्टयाए ।

उनले भने, ‘विश्वासको मतपछि परिस्थितिमा हेरफेर आएको छ । विश्वासको मतपूर्व एउटा वातावरण थियो, त्यसपछि नयाँ परिस्थिति बन्यो । सरकारलाई विश्वासको मत दिने पार्टीहरूको भावना पनि हामीले सम्बोधन गर्नुछ । हामीले राष्ट्रिय एकताका निम्ति नै पहल गर्नुपर्छ । त्यसकारण मैले राष्ट्रिय सहमतिमा जोड दिँदै आएको छु ।’

उनले २ महिनाछि पार्टीमा व्यापक रूपान्तरण हुने पनि दाबी गरे ।