गणतन्त्रवादीहरु एकजुट हुनुपर्छः पूर्वमन्त्री गहतराज

दियो पोस्ट  

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य तथा पूर्वमन्त्री महेश्वरजंग गहतराजले गणतन्त्रवादी शक्तिहरु एकजुट हुनुपर्नेमा जोड दिएका छन् । प्रेस सेन्टर, बाँकेको साधारणसभा तथा विशेष अधिवेशनमा सम्बोधन गर्दै उनले गणतन्त्र र संविधानमाथि फेरि पनि प्रहार हुन थालेकाले परिवर्तनका पक्षधरहरु एक हुनुपर्ने धारणा राखे ।

न्याय र समानताको पक्षमा पत्रकार जगत क्रियाशील हुनुपर्नेमा जोड दिँदै उनले देश र जनताको पक्षमा सधैं उबद्धताभिरहने प्रति समेत जनाए । यस्तै, प्रेस सेन्टर, नेपालका केन्द्रीय अध्यक्ष विष्णुप्रसाद सापकोटाले जनताको ठूलो वलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्नु सबैको प्रमुख दायित्व रहेको बताए ।

आईतबार सम्पन्न साधारणसभा तथा विशेष अधिवेशनबाट राजेश आचार्यको नेतृत्वमाजिल्ला समितिको नयाँ कार्यसमिति समेत चयन गरिएको छ ।