नेपाल–भारत सचिवस्तरीय बैठक होटेल याक एन्ड यतीमा सुरु

दियो पोस्ट  

काठमाडौं । नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक सुरु भएको छ । भारतीय विदेश सचिव विनयमोहन क्वात्रा र नेपालका परराष्ट्र सचिव भरतराज पौड्यालबीच होटेल याक एन्ड यतीमा प्रतिनिधिमण्डलस्तरीय वार्ता सुरु भएको हो ।

क्वात्रा नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आइपुगेका हुन् । सचिवद्वय पौड्याल र क्वात्राले नेपाल र भारतबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

कनेक्टिभिटी, ऊर्जा व्यापार, कृषि, स्वास्थ्य र संस्कृतिलगायत विषयमा छलफल हुने जनाइएको छ । वार्तामा नेपालले हवाई प्रवेश अनुमति, पञ्चेश्वरको डिपिआर, सीमा वार्तालगायत विषयमा प्रस्ताव गर्नेछ ।