अपहरण तथा शरीर बन्धक बनाएर लुटपाट गर्ने गिरोह पक्राउ

दियो पोस्ट  

काठमाडौं । अपहरण गरेर पेस्तोल ताक्दै लुटपाट गर्ने गिरोहका सदस्यहरुलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। अपहरण तथा शरीर बन्धक बनाएर लुटपाट गरेको आरोपमा पर्सा प्रहरीले ८ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा पर्साको वीरगञ्ज महानगरपालिका–२४ का ३४ वर्षीय विजय महतो, वीरगञ्ज–२ का ३० वर्षीय सदाम अन्सारी, वीरगञ्ज–११ का ३४ वर्षीय सन्तोष लामा, बाराको कलैया उपमहानगरपालिका–२३ का २६ वर्षीय मुकेश पटेल, भारतको बिहार पूर्वी चम्पारण जिल्ला मोतिहारी रक्सौलका २४ वर्षीय इमाम अन्सारी, वीरगञ्ज–११ का ४० वर्षीय रोशन थापा, वीरगञ्ज–११ कै ४२ वर्षीय मोजामिल मियाँ र बाराको परवानीपुर गाउँपालिका–३ का ३० वर्षीय नबाब हुसेन छन्।

प्रहरीका अनुसार पक्राउ परेकाको समूहले माघ २६ गते वीरगञ्ज–६ रेल्वे सडकखण्डबाट पेस्तोल देखाइ विशालकुमार पटवालाई अपहरण गरेको थियो। अपहरण गरी उनीहरुले ६ लाख ५० हजार रुपैयाँ लुटपाट समेत गरेका थिए।

उक्त सूचना प्राप्त हुनासाथ पर्साबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ परेकाहरुबाट १ थान पेस्तोल, ५ राउण्ड गोली, ३ वटा मोटरसाइकल लुटिएको मध्ये ४ लाख ९५ हजार रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी दिपक गिरीले जानकारी दिए।