दैलेखमा कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ

दियो पोस्ट  

दैलेख । दैलेखमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ ।

गुराँस गाउँपालिका–८ गर्चाका २८ वर्षीय कृष्णबहादुर खड्काले २७ वर्षीया श्रीमती पार्वती बीसीलाई कुटपिट गरि हत्या गरेका हुन् । श्रीमान् श्रीमतीबीच पारिवारिक विवाद भएपछि सोमबार राति साढे १० बजे कृष्णबहादुरले ढोकामा लगाउने गरालोले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी किशोर लम्सालले जानकारी दिए ।

स्थानीयवासीका अनुसार विगत केही दिनदेखि श्रीमान् र श्रीमति बीचमा विवाद हुँदै आएको थियो । सोही विवाद बढ्दै गएपछि कृष्णबहादुरले श्रीमती पार्वतीलाई कुटपिट गरेका थिए ।

गत मंसिरमा मात्रै उनिहरुको परिवारले विवाह गराई दिएका थिए ।

प्रहरीका अनुसार दुवैजना शारीरिका रुपमा अशक्त थिए ।

कृष्णबहादुरले कान सुन्न नसक्ने भएकाले अनुसन्धानमा समस्या भएको प्रहरीले जनाएको छ ।

शवलाई दैलेख जिल्ला अस्पतालमा पोष्टमार्टमका लागि पठाइएको र केटीको परिवारले जाहेरी दिने तयारी गरेको छ ।