नक्कली बाबु बनाएर नागरिकता सिफारिस : सिन्धुपाल्चोकको वडाध्यक्ष निमा छिरिङको पद धरापमा !

दियो पोस्ट  

 

 

निरोज चौलागाईं

सिन्धुपाल्चोक । पाँचपोखरी थाङ्पाल गाउँपालीका वडा नम्बर ३ बका वडा अध्यक्ष निमा छिरिङ तामाङले नक्कली बाबू बनाइ नागरिकता सिफारिस गरेका छन् । पाँचपोखरी थाङ्पाल गाउपालिका वडा नम्बर ३ कि नेहा तामाङको नगरीकता सिफारिसमा नक्कली बाबू नीर बहादुर तामाङ हुन् भने, आमाको नाम नोर्की तामाङ राखिएको छ। तर नेहाको बाउ भने नीर बहादुर तामाङ नै हो भन्ने अहिलेसम्म खुलेको छैन। नेहाले नीर बहादुर तामाङ बाबुलाई साक्षी राखी २४–०१–७९–०४९९२ नम्बर नागरिकता लिएकी छिन् ।
उनको नगरिकता २०७९/०६/ १२ जारी भएको देखिन्छ । उनको नागरिकता जारी भएकोबारे जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा बुझ्दा अहिलेसम्म नेहाको बाबू नीर बहादुर तामाङ हो भन्ने पुष्टि भएको छैन । उनले सम्पुर्ण विवरण दुरुस्त पेश गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ‘‘हामीले नागरिकता सिफारिस हेर्दा नेहाले आफ्नो बाबू हो भन्ने बताएकि थिइन भने नीर बहादुरले आफ्नो छोरी बताएका थिए । वडाध्यक्षले मिलोमतो गरेको देखिएको छ । हामीले अनुसन्धान गरिरहेका छौ,’ जिल्ला प्रशासन कार्यालय स्रोतले भन्यो ।

सूचना श्रोतको अनुसार वडाध्यक्षले मिलोमतो गरेर नागरिकता सिफारिस गरेको बुझिएको छ । नेहाको जन्मदर्ता, र नागरिकता सिफारिसमा मिलोमतो गरि सिफारिस गरिएको भेटिएको हो । नेहाको बाबू को हो भन्ने अहिलेसम्म खुल्न आएको छैन । उनको जन्म कहाँ भएको भन्ने समेत पुष्टि नभएको सूचना श्रोतको भनाइ छ ।

आफूले नक्कली बाबु बनाई नागरिकता सिफारिस दिएको वडाध्क्ष तामाङले दियोपोस्टकर्मीसँग स्विकार गरेका छन् ।

गत स्थानीय निर्वाचनमा उनी नेकपा एमालेबाट वडाध्क्षमा निर्वाचित भएका थिए ।

सिफारिस