जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

दियो पोस्ट  

दार्चुला । दार्चुलामा ४५ वर्षीया एक महिलालाई जबजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा लेकम गाउँपालिका-४ झलाती का २७ वर्षीय प्रेम पार्की रहेका छन् । प्रहरीले उनलाई मंगलबार राति पक्राउ गरेको छ । पार्कीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।