अतिथि छिर्न नदिइएको भन्दै कांग्रेसले गर्‍यो मधेस प्रदेशसभा बैठक अवरुद्ध

दियो पोस्ट  

काठमाडों । मधेस प्रदेशसभाको बैठकमा कांग्रेस सांसदहरूले अवरोध गरेका छन् । बुधबार दिउँसो सुरु भएको प्रदेशसभा बैठकमा कांग्रेसले सांसदहरूले अवरोध गरेका हुन् । प्रदेशसभा परिसरमा आफूले बोलाएका अतिथिलाई प्रवेश नदिइएको भन्दै कांग्रेस सांसदहरूले बैठकमा अवरोध पुर्‍याएका हुन् ।

संसदीय दलको कार्यालयमा बोलाइएका पाहुनालाई गेटबाटै छिर्न नदिइएको भन्दै कांग्रेस सांसदले बैठकमा अवरोध पुर्‍याएका हुन् । कांग्रेसको अवरोधपछि सभामुख रामचन्द्र मण्डलले १० मिनेटका लागि बैठक स्थगित गरेका छन् ।