काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको हो।
भेटवार्तामा राष्ट्रपतिको निर्वाचन र सरकारका कामकारबाहीबारे छलफल भएको बताइएको छ। ओलीले बुधबार मात्रै सत्ता गठबन्धनको विषयमा संशय प्रकट गरेका थिए।
राष्ट्रपतिको निर्वाचनलाई लिएर सत्ता घटकहरूबीच आशंका उत्पन्न भएको छ। माओवादी केन्द्रका नेताहरूले राष्ट्रिय सहमतिबाट राष्ट्रपति चयन गर्नुपर्ने बताउन थालेका छन्।