नुवाकोटमा बस दुर्घटना: दुईजनाको मृत्यु, २० घाइते

दियो पोस्ट  

नुवाकाट । नुवाकोटमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । बट्टारबाट तारकेश्वर गाउँपालिका–१ दाङसिङ जाँदै गरेको बस बिहीबार अपरान्ह विदुर नगरपालिका– १२ चैनपुरमा दुर्घटना भएको हो ।

दुर्घटनामा दुईजनाको मृत्यु भएको र २० जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । मृतकको परिचय खुलेको छैन ।

घाइतेहरुको घटनास्थलबाट उद्धार गरी त्रिशूली अस्पतालमा उपचारको लागि ल्याइएको प्रहरीले जनाएको छ । सडकदेखि खसेको बस करिव एक सय ५० मिटर तल पुगेको छ । दुर्घटनाको कारण खुलेको छैन ।

सिफारिस