विराटनगर । १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–८ बस्ने २४ वर्षीय आर्यन भन्ने महमद अहमद खान रहेका छन् । खानले ती बालिकालाई फागुन २ गते राति सुन्दरहरैचा नगरपालिका–३ स्थित
चौरीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको छ ।