सिरहा । सिरहामा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मिर्चैया
नगरपालिका–४ कुथनुवा बस्ने १८ वर्षीय किशोरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
किशोरले ती बालिकालाई सोही ठाउँस्थित बाँसघारीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालयल मिर्चैयाबाट खटिएको टालीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।