पूर्वमन्त्री डा मथुराप्रसाद श्रेष्ठको निधन

दियो पोस्ट  

काठमाडौं । नागरिक आन्दोलनका अगुवा तथा पूर्वस्वास्थ्यमन्त्री डा. मथुराप्रसाद श्रेष्ठको ८९ वर्षको उमेरमा सोमबार बिहान निधन भएको छ । कोभिड संक्रमित भएपछि उनको छातीमा समस्या देखिँदै आएको थियो । केहीदिनदेखि श्वासप्रश्वासको समस्या बल्झिएपछि उनी काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा भर्ना भएका थिए । उपचारका क्रममा उनको निधन भएको अस्पातलका न्युरोसर्जन डा. बसन्त पन्तले पुष्टि गरे ।
श्रेष्ठको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । परिवारका सदस्यहरू विदेशमा रहेकाले उनीहरू आएपछि मात्रै श्रेष्ठको अन्येष्टिको प्रक्रिया थालिने छ ।

जनआन्दोलनपछि २०४७ सालमा बनेको अन्तरिम सरकारमा स्वास्थ्यमन्त्री समेत रहेका थिए । नागरिक समाजबाट स्वतन्त्र व्यक्ति सहभागी हुने भएपछि उनी स्वास्थ्यमन्त्री भएका थिए ।

कम्युनिटी मेडिसिनका प्राध्यापक श्रेष्ठले नेपाल सरकारको चिकित्सा पेसा अध्ययन र अध्यापानमा पाठ्यक्रम निर्माणमा महत्वपूर्ण काम गरेका थिए ।