
तनहुँ । नतहुँमा २४ वर्षीया एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–३ भण्डारीगाउँ बस्ने ३९ वर्षीय सुभास कार्की । रहेका छन् । उनलाई आइतबार साँझ प्रहरीले
पक्राउ गरेको छ ।
बिहीबार विहान कार्कीले ती महिलालाई जवरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो
।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।