झापा । जुवातास खेलिरहेको अवस्थामा होटल संचालकसहित १५ जना पक्राउ परेका छन् । जिल्लाको दमक नगरपालिका–५ गुम्बा चोक बस्ने ५० वर्षीय सुरेश मगरको हरियाली होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक सुरेश मगरसहति ७ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
उक्त होटलमा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई नगद २८ हजार ४ सय ५० रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको छ ।
यसैगरी दमक नगरपालिका–५ स्थित सुदेश बस्नेतको चिया पसलमा जुवातास खेलिरहेको अवस्थामा सुदेश बस्नेतसहित ८ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पसलमा जुवातास खेलिरहेको जानकारी पाएपछि खटिएको प्रहरी टोलीले उनीहरुलाई नगद २८ हजार ७० रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।