रोल्पामा ५२ वर्षीया महिला बलात्कृत, एकजना पक्राउ

दियो पोस्ट  

काठमाडौं । प्रहरीले रोल्पामा ५२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनछहरी गाउँपालिका–७ जेलबाङ बस्ने ४० वर्षीय धनिमान रोकालाई शुक्रबार प्रहरीले पक्राउ गरेको
हो ।

रोकाले ती महिलालाई गत माघ २८ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी जेल्वाङबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो ।

यो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।