भक्तपुरमा १७ वर्षीया किशोरी बताल्कृत

दियो पोस्ट  

काठमाडौं । भक्तपुरमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखा
मेलुङ गाउँपालिका-५ घर भई भक्तपुरको लोकन्थली बस्ने २३ वर्षीय जय थापा भन्ने श्री थापा रहेका छन् ।

ती किशोरीलाई थापाले आफ्नै कोठामा फागुन ७ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीको टोलीले उनलाई मध्यपुर ठिमी नगरपालिका–६ पुरानो ठिमिबाट पक्राउ गरेको हो ।