कैलाली । कैलालीमा अवैध लागूऔषध पदार्थसहित तीन जना पक्राउ परेका छन् । खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ८० मिलिग्रामसहित गोदावरी नगरपालिका–६ बस्ने २४ वर्षीय जयकिशन चौधरी, सोही नगरपालिका–५ बिजैरा बस्ने ३२ वर्षीय ओकेन्द्र चौधरी र भुयरा बस्ने ३१ वर्षीय विष्णु चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले यूपी २० बीएम ६८०७ नम्बरको भारतीय कार जाँच गर्ने क्रममा उक्त पदार्थसहित
फेला पारी चालक चौधरीलाई पक्राउ गरेको हो ।
प्रहरीले ओकेन्द्रलाई उनकै घर अगाडिबाट करिब २ सय ६० मिलिग्राम र विष्णुलाई आफ्नै घरमा लुकाई छिपाई राखेको १ ग्राम ५ सय
७० मिलिग्राम उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।