३७ वर्षदेखि चौधरी समूहले हड्प्दै आएको थियो सरकारी जग्गा

अरुण चौधरीलाई ४ दिन हिरासतमा राख्न अनुमति

दियो पोस्ट  

काठमाडौं । जिल्ला अदालत काठमाडौले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका अरुण चौधरीसहितलाई चारदिन हिरासतमा राख्ने अनुमति दिएको छ।

जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका व्यापारी चौधरी र बाँसबारी छालाजुत्ता उद्योगका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण थापालाई अदालतले ४ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनीहरूलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न पहिलो म्यादको अनुमति दिएको हो।

दुवै जनालाई सीआईबीले कीर्ते र ठगी मुद्दामा अनुसन्धानका लागि अदालतबाट म्याद लिएको हो। सीआईबीले उनीहरूलाई जिल्ला सरकारी वकिलको कार्यालय हुँदै जिल्ला अदालतमा उपस्थित गराएको थियो।

सीआईबीले सुरुमा चौधरी र थापालाई पक्राउ गरेर हिरासतमा लिएको थियो। त्यसपछि सीजी चाँदबागका अध्यक्ष ठाकुरलाई पनि प्रहरीले पक्राउ गरेको छ।

उनीहरुलाई पक्राउ गरेसँगै बाँसबारी छाला जुत्ता कारखानाको जग्गा विवाद फेरि सतहमा आएको छ।

३७ वर्षदेखि चौधरी समूहले मिचेर चलाइरहेको १० रोपनी जग्गामा सीआईबीले पछिल्लो केही महिनादेखि गम्भीर रुपमा अनुसन्धान गरिरहेको थियो।

सिफारिस