काठमाडौं । आज देशभरका चलचित्र घर (फिल्म हल)हरू बन्द भएका छन । सरकारले अव्यवहारिक कर लगाएको भन्दै खारेजीको माग राखेर देशभरका हल बन्द गरेको हो ।
मूल्य अभिवृद्धि करबाहेक अन्य अव्यवहारिक करहरुको खारेजीको माग गर्दै सोमबार देशभरका फिल्म हल बन्द गर्ने नेपाल चलचित्र संघले केही दिन अगाडि निर्णय गरेको थियो । सोही निर्णयको समर्थन गर्दै आज हल बन्द रहने छ ।






