काठमाडौं । नेपाल राष्ट्र बैंकले सर्वसाधारणको निक्षेप सुरक्षित रहेको बताउँदै मंगलबार एक विज्ञप्ति जारी गरेको छ । यस बैंकको प्रत्यक्ष नियामकीय तथा सुपरिवेक्षकीय दायरामा रहेका बैंक तथा वित्तीय संस्थाहरूको सञ्चालन तथा स्थायित्वका सम्बन्धमा केही व्यक्ति/समूहले गरेको भ्रामक अभिव्यक्ति र दुष्प्रचारप्रति गम्भिर नहुन सम्पूर्ण निक्षेप कर्तालाई ध्यानाकर्षण गराएको हो ।
राष्ट्र बैंकले भनेको छ की, बैंक तथा वित्तीय संस्था सञ्चालनको पछिल्लो अवस्था हेर्दा समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको र यस बैंकले बैंक तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी गरिरहेकोले सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको उल्लेख गरिएको छ । साथै बैंक तथा वित्तीय संस्थाहरूले सर्वसाधारणको निक्षेप परिचालन गर्ने राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिँदा र निरीक्षण÷सुपरीवेक्षण गर्दा समेत सर्वसाधारणको निक्षेपको सुरक्षालाई हामीले पहिलो प्राथमिकतामा राखेको भन्दै प्रष्ट पारेको छ ।
राष्ट बैंकले बैंकिङ जस्तो सम्वेदनशील क्षेत्रप्रति सर्वसाधारणलाई भ्रमित गर्न दुष्प्रचार गर्ने कार्यको पछाडि नलागी सम्बद्ध लगानीकर्ता, निक्षेपकर्ता, ग्राहक तथा सरोकारवालालाई ढुक्कसँग नियमित रूपमा बैंकिङ कारोबार अपिल गरेको छ ।
बिज्ञप्ति :