काठमाडौं । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आइओई)अन्र्तगत स्नातकोत्तर तहको प्रवेश परिक्षा यहि फागुन २९ गतेदेखि सञ्चालन हुने भएको छ । आइओई अन्र्तगतका आंगिक क्याम्पसहरुमा भर्ना हुने इच्छुक विद्यार्थीको लागि उक्त प्रवेश परिक्षा सञ्चालन हुन लागेको हो ।
इच्छुक विद्यार्थीले फागुन ६ देखि फागुन २० सम्म अनलाइन आवेदन फारम दिनुपर्ने छ । अनलाइन आवेदन भरेका विद्यार्थीले प्रवेश परिक्षा दिन पाउनेछन् भने प्रवेश परिक्षामा उत्तिर्ण हुने विद्यार्थीले मात्र स्नातकोत्तर तहमा भर्ना हुन पाउनेछन् । प्रवेश परिक्षाको आवेदन शुल्क २ हजार तोकिएको छ ।
भर्ना आवेदन दिने अवधि पाँच दिन मात्र बाँकी रहेको छ । आवेदनको अन्तिम मिति यहि फागुन २० गते रहेको छ । स्नातकोत्तर तहमा भर्ना हुन इच्छुक विद्यार्थीका लागि आइओईले फागुन पहिलो शाता सुचना प्रकाशित गरेको थियो । शैक्षिक वर्ष २०८०/८१ का लागि उक्त आवेदन खुला गरिएको हो ।
आइओईले आफु अन्र्तगतका आंगिक क्याम्पसहरुमा सञ्चालित विभिन्न शैक्षिक कार्यक्रमको लागि भर्ना खुलाएको हो । हाल आइओईअन्र्तगत स्नातकोत्तर तहमा कम्युटर इन्जिनियरिङ, पावर सिस्टम इन्जिनियरिङ, क्लाइमेट चेन्ज, आर्किटेक्चर, कम्प्युटर सिस्टम इन्जिनियरिङ लगायत विभिन्न २२ वटा शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ ।