
काठमाडौँ । नेपाली अडियो ब्राण्ड म्याक्सबासले आफ्नो पहिलो उत्पादन, म्याक्सबास वन वायरलेस इयरबड्स बजारमा ल्याएको छ । लिसन लाइक नेभर विफोर भन्ने नाराका साथ शुरु भएको उक्त ब्राण्डद्वारा उत्पादित म्याक्सबास वन वायरलेस इयर बड्समा एकदमै राम्रो आवाज सुनिने कम्पनीको दाबी छ ।
यो इयरबड् एकपल्ट चार्ज गरेपछि ६–८ घण्टासम्म मज्जाले चलाउन सकिन्छ, र पावर डिस्प्ले समेत भएको चार्जिङ केसले ४८ घण्टासम्म ब्याट्री ब्याकअप दिन्छ । यति मात्र नभई यस इयरबड्लाई पानीले पनि नबिग्रिने गरि डिजाइन गरिएको छ । यसमा भएको ट्रान्सपरेन्सी मोड फिचरले बाहिरको आवाज पनि सुनिन्छ ।
यस इयरबडलाई पानीले पनि नबिग्रिने गरी (आईपी५४ वाटर–रेसिस्टेन्ट डिजाइन गरिएको छ । यो म्याक्सबास वन वायरलेस इयरबड्स गेम खेल्ने र संगीतप्रेमीलाई अत्यन्त राम्रो प्रोडक्ट साबित भएको छ । साथै यसमा भएको टच कन्ट्रोलको सहायताले भोल्युम बढाउने तथा फोन उठाउन जस्ता कार्यलाई सजिलो बनाएको कम्पनीले बताएको छ ।
यसको बजारको मूल्य ३,५०० रुपैयाँ भए पनि अहिले विशेष अफरमा ग्राहकले १,९९९ रुपैयाँमा नै खरिद गर्न सक्ने पनि कम्पनीले बताएको छ । उक्त प्रोडक्टमा ६ महिनाको वारेन्टी, चार्जिङ केबल, इयर टिप्स र म्यानुअल पनि उपलब्ध रहेको छ ।
अब यो सुमधुरताको अनुभव लिन नेपालमा डिजिटल भुक्तानीको शुरूआत गरेको इसेवाबाट सुपथ मूल्यमा म्याक्सबास वन वायरलेस इयरबड्स खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।
त्यस्तै अनलाइन मार्फत दराजमा समेत विशेष अफरको साथ उपलब्ध रहेको बताउँदै कम्पनीले वेबसाइटबाट पनि खरिद गर्न सक्ने बताएको छ ।