
काठमाडौँ । इसेवाले नेपालीहरुको महान चाड दशैं, तिहार र छठको अवसरमा चाडपर्वको हर्षलाई थप उत्साहजनक बनाउने उद्देश्यका साथ ल्याएको इसेवा महा–उत्सव अफरको बम्पर उपहार नामीको कार हस्तान्तरण गरेको छ । विजया दशमीदेखि छठ पर्वसम्म करिब दुई महिनासम्म चलेको यस अफरमा इसेवाबाट कुनै एक कारोबार गर्ने भाग्यशाली प्रयोगकर्तालाई बम्पर उपहार स्वरुप नामी कम्पनीको नयाँ इलेक्ट्रिक कार जित्ने मौका थियो ।
बम्पर उपहार विजेता हुन सफल भएका रवि बम्जनलाई आज एक औपचारिक कार्यक्रम गरी इसेवाका प्रमुख रणनीतिक अधिकारी श्री रवि शाक्य र फाइनान्स प्रमुख श्री सरोज कुमार घिमिरेद्वारा कार हस्तान्तरण गरिएको थियो ।
इसेवाको यो अफर २०८१ सालको असोज १ गतेदेखि कार्तिक ३० गतेसम्म चलेको थियो । हरेक कारोबारमा कार जित्ने मौकासँगै रु. १०० को खेल खेल्ने प्रयोगकर्ताहरूलाई आईफोन १६ जित्ने मौका र बिजुली बिल, खानेपानी, टिभी, आदि को बिल भुक्तानी गर्ने प्रयोगकर्ताहरूलाई ६५ इन्चको टिभी जित्ने मौका पनि रहेको थियो । दैनिक फ्ल्यास सेल र साप्ताहिक हट डिल्स यस इसेवा महा–उत्सवमा थप आर्कषणका केन्द्र रहेको थियो भने इन्टरनेट बिल भुक्तानी गर्नेहरुका लागि आईफोन १६ प्रो जित्ने मौका समेत समावेश थियो ।
नामी कार विजेता रवि बम्जनले आफुले कार जित्ने कुरा कहिले नसोचेको र इसेवाबाट उक्त जानकारी पाउँदा सुरुमा त विश्वास नै नगरेको, तर पछि इसेवाको आधिकारीक पेज मार्फत सो बारे समाचार तथा विज्ञप्ती देखे पछि मात्र विश्वास भएको बताए । सोही कार्यक्रमको क्रममा बम्जनले यस जितले आफ्नो जिवनमा स्तरोन्नती हुने भएकोमा खुशी व्यक्त गर्दै इसेवालाई धन्यवाद ज्ञापन समेत गरेका थिए ।
इसेवाबाट बिजुली तथा खानेपानी भुक्तानी, टपअप जस्ता विविध भुक्तानी सेवाहरुले उनको जिवनलाई सहज बनाउँदै आएको र उनी जस्तै लाखौं मानिसहरुको जिवनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकोले खुसि व्यक्त गरेका थिए ।
इसेवाका प्रमुख रणनीतिक अधिकारी श्री रवि शाक्यले पनि उक्त कार्यक्रममा नामी कार हस्तान्तरण गर्दै विजेता रवि बम्जनलाई बधाई दिएका थिए । उनले यस अवसरमा ग्राहकहरुको सहजता, सन्तुष्टि र वित्तीय सुरक्षा नै इसेवाको प्राथमिकता रहेको बताए भने इसेवा सदैव डिजिटल नेपालको लागि कार्यरत रहि, आवश्यता अनुसार नविनतम सेवाहरु थप गर्दै सबै–सधैं–सँगै एक उज्जवल र सुरक्षित वित्तीय भविष्यतर्फ अघि बढ्ने कुरामा समेत प्रमुख रणनीतिक अधिकारी शाक्यले जोड दिएका थिए ।
नेपालको पहिलो तथा अग्रणि डिजिटल वालेटको रुपमा स्थापना भएको इसेवाले नेपालको ७७ वटै जिल्लामा सेवा प्रदान गर्दै आएको छ । शहरी क्षेत्रहरूमा मात्र सिमित नभई उपत्यका बाहेकका विभिन्न क्षेत्रहरूमा सेवा प्रदान गर्न हाल देशभर इसेवाका ८ वटा शाखा कार्यालय तथा ३ वटा सम्पर्क कार्यालयहरू छन् । प्ले स्टोरमा १ करोड डाउनलोड हुने पहिलो नेपाली डिजिटल वालेट इसेवामा १ करोड भन्दा बढी ग्राहकहरू २,७०,००० भन्दा बढी आधिकारिक प्रतिनिधीहरुका साथै ४९ वटा बैंकहरू, ४५ वटा माइक्रोफाइनान्स संस्थाहरू र ५,००,००० भन्दा बढी मर्चेन्टहरू आवद्ध रहेका छन् ।