फेक रेस्क्यु धन्दा : सिम्रिक एयरका पूर्व महाप्रबन्धक सिंहसहित धादिङका तिवारी पक्राउ

दियोपोस्ट संवाददाता

 

काठमाडौं । पर्वतारोहणमा गएका विदेशी नागरिकको ‘नक्कली उद्धार (फेक रेस्क्यू)’ गरी ठगेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले विमान सेवा सञ्चालक संघ नेपालका पूर्व उपाध्यक्ष राजेन्द्रबहादुर सिंह र रोयल होलिडेज एड्भेन्चर एन्ड ट्राभल कम्पनीका सञ्चालक सन्दीप तिवारीलाई पक्राउ गरेको हो।

सन्दीपलाई प्रहरीले मंगलबार र राजेन्द्र बहादुरलाई बुधबार बिहान पक्राउ गरेको हो । राजेन्द्र बहादुर सिंह सिम्रिक एयरको पूर्व महाप्रबन्धक समेत हुन् । उनलाई सन् २०१२ मा सिम्रिक एयरका मालिक रामेश्वर थापाले महाप्रबन्धकमा सिंहलाई नियुक्त गरेका थिए । उनीहरुबीच व्यावसायीक खटपट भएपछि सिंहले आफ्नै कम्पनि शुरु गरेका थिए । उनी हाल माउन्टेन हेलिकोप्टरको समेत महाप्रबन्धक रहेको खुलेको छ ।

सिआइबीका अनुसार योसँगै ट्रेकिङ कम्पनी, रेस्क्यू कम्पनी, अस्पताल, विदेशी बिमाका नेपाल स्थित लोकल एजेन्ट तथा हेलिकप्टर कम्पनीका शेयरधनी सञ्चालक समेत गरी ९ जनालाई पक्राउ गरिसकेको छ।

यसअघि सिआइबीले माघ २५ गते श्रिद्धी अस्पतालका सञ्चालक डा. गिर्वाणराज तिमिल्सिनालाई पक्राउ गरेको थियो।

उनीहरूमाथि प्रहरीले राष्ट्रहित प्रतिकूल काम गर्न नहुने कसुर तथा संगठित अपराध अनुसार अनुसन्धान प्रक्रिया अघि बढाएको छ।

माघ ११ गते सिआइबीले पर्वतारोहण गर्न आएका विदेशी पर्यटकलाई बिमाको रकम असुली गर्न संगठित रूपमा ठगी हुँदै आएको भन्ने जानकारी पाएको थियो। त्यति बेला सिआइबीले ६ जनालाई पक्राउ समेत गरेको थियो।

 

सम्बन्धित खबर

सिफारिस