स्वर्णपथ बहुउद्देश्यीय सहकारीका अध्यक्षसहित ७ सञ्चालक विरुद्ध पक्राउ पुर्जी जारी (पुर्जीसहित)

दियो पोस्ट  

काठमाडौ, १९ माघ । काठमाडौंको बनस्थलीमा कार्यालय रहेको स्वर्णपथ बहुउद्देश्यीय सहकारीका सञ्चालक विरुद्ध ठगी मुद्दामा पक्राउ पुर्जी जारी भएको छ ।


काठमाडौं जिल्ला अदालतले उनीहरु विरुद्ध पक्राउ पुर्जि जारी गरेको हो । पीडित क्षेत्र बहादुर थापा मगरको जाहेरीको आधारमा काठमाडौं जिल्ला अदालतले सहकारीका ८ जना सञ्चालकहरु विरुद्ध २१ दिने पक्राउ पुर्जि जारीको हो ।


अर्घखाँची जिल्लाको साविक जुकेना गाविस वडा नम्बर ९ हाल शितगंगा नगरपालिका वडा नमबर ६ स्थायी घर भएका हाल काठमाडौं बस्दै आएका सहकारीका अध्यक्ष नारायण प्रसाद अधिकारी सहित ७ जना विरुद्ध पक्राउ पुर्जि जारी भएको हो ।


त्यस्तै सहकारीका उपाध्यक्ष तथा काठमाडौं महानगरपालिका वडा नम्बर १२ घर भएक दिनेश श्रेष्ठ, गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ६ घर भई हाल कठमाडौं बस्दै आएका सहकारीकै सचिव अर्जुन बस्नेत, कोषाध्यक्ष तथा बर्दियाको गेरुवा गाउँपालिका ४ भर भई हाल काठमाडौं बस्दै आएका हेमन्त बहादुर कडायत, सहकारीका सदस्य अर्घाखाँची घरभृ हाल काठमाडौं बस्दै आएका सन्दिप राना, सहकारीका सदस्य तथा स्थायी घर गोरखा बारपाक भई हाल काठमाडौं बस्दै आएका सन्तोष थापा, दैलेख घर भई काठमाडौं बस्दै आएका सहकारीका सदस्य कविता ढकालको नाममा २१ दिने पक्राउ पुर्जि जारी भएको हो ।


उनीहरु विरुद्ध २०७६ माघ ९ गते जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दा दायरभएको थियो । यसअघि असोज २५ गते पक्राउ पुर्जि जारी भएपनि बेपत्ते तामेल भएको अदालतको सुचनामा उल्लेख छ ।

TATA ADD