
काठमाडौं, १९ माघ । नेपाली सेनाले आफ्ना हतियारले सुसज्जित बख्तरबन्द गाडीहरुलाई सोमबार राति १० बजेपछि सडकमा निकालेको छ । राजधानीको चक्रपथ क्षेत्रमा सेनाले यस्तो देखाएको हो ।
सैनिक मुख्यालय जंगीअड्डाले यसलाई मेकनाइज्ड युनिटबाट भएको नियमित अभ्यास भनेको छ । यद्धपी प्रतिनिधिसभाको विघटनपछि विकशित राजनीतिक घटनाक्रमपछि सेनाले यस्तो कदम उठाएको हो । यसअघि यस्तो अभ्यास समेत नभएको जानकारहरु बताउँछन् ।