प्रचण्ड–नेपाल पक्षद्वारा भोलि देशव्यापी आमहड्ताल घोषणा

दियो पोस्ट  

काठमाडौं, २१ माघ । नेकपा प्रचण्ड नेपाल समूहले देशव्यापी बिहीबार आम हड्ताल घोषणा गरेको छ । नेपाल पक्षको केन्द्रीय संघर्ष समितिले बुधबार पत्रकार सम्मेलन गर्दै देशव्यापी आमहड्तालको घोषणा गरेको हो ।

सरकारले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै त्यसको विरोधमा बिहीबार देशव्यापी आम हड्तालसहित नयाँ संघर्षका कार्यक्रम घोषणा गरिएको पत्रकार सम्मेलनमा नेतृ पम्फा भुसालले जानकारी दिइन् ।

हामी अब प्रतिगमनको खारेजीका लागि जस्तोसुकै कदम चाल्न बाध्य हुन्छौं। यसका लागि सबैसँग सहयोगको अपेक्षा गरेका छौंभुसालले भनिन्।कार्यक्रममा नेकपा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले यसबेल मुलुक गम्भीर संकटमा रहेको बताए ।
भोलि अस्पताल, प्रेस, पानी, दूध, एम्बुलेन्स र परीक्षाबाहेक सबै कुरा बन्द गरिने बताइएको छ ।

सिफारिस