काठमाडौं, २१ माघ । गृहमन्त्री राम बहादुर थापा बादल समुहले पनि ओली समुह भित्रै छुट्टै शक्ति प्रदर्शन गरेको छ ।

राजधानीको बत्तिसपुतलीबाट शुरु भएको बादल समुहको मोटरसाइकल ¥यालीमा उल्लेख्य युवाहरु सहभागी भएको उनी निकट स्रोतले जनाएको छ । बत्तिसपुतली, कोटेश्वर हुँदै पुर्व वाइसिएल निकट युवाहरुको सयौँ संख्या महेश बस्नेत नेतृत्वको युवासंघको जुलुशमा प्रवेश गरेको थियो ।
जुलुशमा सहभागीहरुले केपी ओली र बादलको तस्विर छातीमा टाँसेका थिए ।

केहीदिनअघि बादलले आफ्नै स्वकिय सचिव सुदिप भनिने विरु तामाङको नेतृत्वमा वाईसिएल ब्युँताउन निर्देशन दिएका थिए ।

उनै विरु र वाईसिएलका पूर्व सचिव सुमित ढुंगानाले जुलुशको नेतृत्व गरेका थिए । बुधबार मोटरसाइकल निकालिएको स्रोतले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपा भित्र बादल समुहले छुट्टै शक्ति देखाउने प्रयास गरिरहेको छ ।
उनले आफू निकट आउनेहरुलाई ओली सरकारमा उल्लेख्य व्यक्तिलाई मन्त्री समेत बताएका छन् ।