काठमाडौं, २१ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा प्रतिनिधि सभा विघटन गरि संवैधानिक निकायमा समेत मनोमानी नियुक्ती गरेपछि सत्तारुढ दल नेकपा विरोधमा उत्रिएको छ ।
नेकपाले भोली अर्थान विहिबार आकश्मिक रुपमा नेपाल बन्दको घोषणा गरेको छ । नेपाल बन्दको पूर्व सन्ध्यामा नेकपाका कार्यकर्ताले विभिन्न स्थानमा मसाल जुलुश प्रदर्शन गरेका छन् ।
नेकपाका वागमति प्रदेश सभा सदस्य तथा अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष जगत सिंखडाको नेतृत्वमा काठमाडौंको बालकुमारी–कोटेश्वर सडक खण्डमा मसाल जुलुश प्रदर्शन भएको छ ।
मशाल जुलुशमा प्रहरीले हस्तक्षेप गरेको थियो । उनीहरुले ‘केपी चोर देश छोड्’ भन्दै नारा लगाएका थिए ।