अष्टलक्ष्मी पक्राउ परेपछि रामकुमारी झाँक्री भन्छिन्, ‘खड्क प्रसाद तानाशाहको दिनगन्ती शुरु भयो’

दियो पोस्ट  

काठमाडौं, २२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संवैधानिक निकायमा मनोमानी नियुक्ती गरेपछि हड्तालमा उत्रीएका नेकपाका कार्यकर्तामाथि धरपकड शुरु भएको छ ।
केहीबेरअघि नेकपाका बरिष्ठ नेता अष्टलक्ष्मी शाक्यसहित दर्जनौँ नेता पक्राउ परेका छन् । उनलाई पक्राउ गरेपछि सडकमा झनै आक्रोश देखिने भएको छ ।


नेकपाका नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री ओलीको दिनगन्ती शुरु भएको प्रतिक्रिया दिएकी छिन् ।

सामाजिक सञ्जालमा शाक्यको तस्विरसहित उनले लेखेकी छिन्,‘खड्कप्रसाद शर्मा ओली तानाशाहको दिनगन्ति सुरू भएका छन् । उल्टो बाटो हिडेको तानाशाह गर्ल्याम गुर्लुम छिटै ढल्ने छ । त्यसका मतियार पनि जानेछन । भाग्नेछन् । प्रतिगमन बिरुद्द उठौँ र जागौँ, एक धक्का अरू दिऔं । लोकतन्त्रको रक्षा गर्न, संबिधानलाई सहि ट्रयाकमा ल्याउन, संसद पुनः स्थापनाको लागि छोटो तर अर्थपूर्ण आन्दोलनलाई अझै प्रभावकारी बनाऔं । कमरेड अष्टलक्ष्मी शाक्य कलंकीबाट पक्राउ पर्नु भएको छ ।
हार्दिक सम्मान कमरेड हामी मैदानमै छौं ।’

TATA ADD