आन्दोलन गर्न सडकमा आएका प्रचण्डले भने,‘केपी ओलीले गर्ने पञ्च र्याली हो’

दियो पोस्ट  

काठमाडौं, २२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संवैधानिक निकायमा नियुक्ती खारेज गर्न भन्दै आमहड्तालमा उत्रिएको नेकपाको जुलुशमा प्रचण्ड पनि सामेल भएका छन् ।


काठमाडौंको सडक परिक्रमाका लागि निस्किएका प्रचण्डले कार्यकर्तासँगै नारा लगाएका छन् । सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले केपी ओलीले संविधान मिचेर पञ्च र्याली गरेको बताए ।
‘सरकारले आफैले र्याली निकाल्नु भनेको पञ्च र्याली । आफै संविधान मिच्ने आफै र्याली निकाल्ने यो त प्रतिगमनको पनि भद्दा रुप भयो,’ उनले भने,‘यो केप ी ओली र प्रचण्ड वा माधव नेपालको जुहारी होइन । ७० वर्षदेखि नेपाली जनताले लडेर ल्याएको उपलब्धीको रक्षाको सवाल हो । लोकतन्त्र र लोकतन्त्र विरोधीको लडाइा हो । हाम्रो आन्दोलन सशक्त हुँदैछ ।’ उनका अनुसार फागुन पहिलो हप्तादेखि संयुक्त जनआन्दोलन हुनेछ ।

सिफारिस