काठमाडौं, २२ माघ । विहिबार विहानै आमहड्तालको दिन नेकपा कार्यकर्ताले जलाएको भनिएको ट्याक्सी सरकारी घुसपैठबाट जलाएको आरोप लागेको छ ।
नेकपा निकट राष्ट्रिय युवा संघका अध्यक्ष राम प्रसाद सापकोटाले उक्त ट्याक्सी आन्दोलनकारीले नभई सरकार निकट दलकै कार्यकर्ताको घुसपैठमा जलाएको बताए ।
‘यो आयोजकका तर्फबाट गरिएको होइन । आगजनि वा तोडफोड गर्ने कुनै नीति रहेको छैन । आन्दोलनलाई अराजक देखाउने सरकारी घुसपैठको चरम नमुना,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
बन्दको प्रतिरोध गर्न भन्दै प्रधानमन्त्री केपी ओली नेतृत्वको अनेरास्ववियुका कार्यकर्तालाई अध्यक्ष ऐन महरले उर्दि जारी गरेका थिए ।