कोटेश्वरमा प्रहरी र बन्दकर्ताबीच झडप

दियो पोस्ट  

काठमाडौं, २२ माघ । काठमाडौँको कोटेश्वरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ।

आम हड्ताललाई प्रभावकारी बनाउन सडकका निस्किएका नेकपा कार्यकर्ताले मोटरसाइकल तोडफोड गरेका छन्। मोटरसाइकल तोडफोडपछि अवस्था तनावग्रस्त बनेको हो।

प्रचण्ड-माधव समूहले बिहीबार देशव्यापी आमहड्ताल घोषणा गरेको छ। सरकारले बुधबार विभिन्न संवैधानिक निकायहरुमा नियुक्ति गरेको विरोधमा उक्त समूहले आमहड्ताल आयोजना गरेको हो।

सिफारिस