काठमाडौं, २३ माघ । गृहमन्त्री राम बहादुर थापा बादलले नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई जावलाखेलको ‘जु’मा बन्धक बनाउने चेतावनी दिएका छन् ।
नेकपा ओली समुहको आम सभालाई संवोधन गर्दै उनले यस्तो बताएका हुन् । नेकपा अध्यक्ष प्रचण्डले मांसहारी आन्दोलनको संज्ञा दिएको भन्दै उनले त्यस्तो आन्दोलन गरे चिडियाखानामा राख्ने चेतावनी दिएका हुन् ।
‘राजनीतिक नेतृत्वले आत्मसमर्पण गर्दैन भने षडायन्त्र गरेर विस्थापन गरिन्छ । मांसहारी आन्दोलनबाट अपदस्त गरिन्छ भन्दै हिँडेका छन् । हाम्रो कानुन र संविधानले अपराध घोषित गरेको छ । त्यस्ता व्यक्तिहरुलाई जाउलाखेलको जुमा लगेर बन्द गरिनेछ,’ उनले भने ।
अहिले भएको प्रतिगमन पार्टी अध्यक्ष प्रधानमन्त्री ओलीलाई अपदस्त गर्ने षडयन्त्रसँग जोडिएको उनले बताए ।
‘यो अस्थिरता पार्टीको अध्यक्षलाई अपदस्त गर्ने षडयन्त्र गर्ने सँग जोडिएको छ । राष्ट्रपतिको मानमर्दन गर्ने र विस्थापित गर्नेसँग यो जोडिएको छ,’ उनले भने,‘जनतालाई फेरी आन्दालन गरेर मात्रै संविधानको रक्षा गर्न सकिन्छ । नेतृत्वको व्यवस्थाको र राजनीतिक व्यवस्थाको रक्षा गर्न सकिन्छ । यसलाई आम निर्वाचनको माध्यमबाट आन्दोलनलाई अघि बढाएका छौँ ।’