काठमाडौं, २३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राजधानीको दरबारमार्गमा भएको आफ्नो समुहको आमसभा इतिहासकै सबैभन्दा ठूलो रहेको बताएका छन् ।
शुक्रबार आयोजित आमसभालाई संवोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘तपाईंहरुलाई यहाँ आउन नदिन बाटोमा खाल्टो खनियो । हिजो आमहड्ताल गरियो । बम राखेर विप्लव लेख्ने काम भयो,’ उनले भने,‘आजको सभा इतिहासमा कहिल्यै नभएको पहिलो जनसभा काठमाडौंमा भएको छ ।’