
पर्सा, २५ माघ । पर्सा प्रहरीले नक्कली नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पर्सा जिल्लको बिरगन्ज महानगरपालिका वडा नम्बर १३ स्थित राधेमाई सडकमा वडा प्रहरी कार्यालय श्रीपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले भारत बिहार जिल्ला मोतिहारी रक्सौल बस्ने अमनदिप कुमार सिंहलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीबाट प्रहरीले १ हजार रुपैयाँको १९३ वटा नक्कली नोट रु १ लाख ९३ हजार रुपैयाँ र खैरो हिरोइन ३ ग्राम समेत बरामद गरेको छ । प्रहरीले उनीबारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।