चलचित्र छायांकार जनकराज अधिकारीले आफ्नै कार्यालयमा झुण्डिएर आत्महत्या गरे

दियोपोस्ट संवाददाता

काठमाडौं, २६ माघ । चलचित्र छायाँकार जनकराज अधिकारीले आफ्नै कार्यालयमा आत्महत्या गरेका छन् । चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाका अनुसार उनले आफ्नै कार्यालयमा झुण्डिएर आत्महत्या गरेका हुन् ।


उनको मृत्यु भएको खबरपाएपछि निकै दुखद बनेकी चलचित्र अभिनेतृ करिस्मा मानन्धरले पनि पुराना छायाँकनका क्षण स्मरण गरेकी छिन् । उनले आफ्नै कार्यालयमा किन आत्महत्या गरे भन्ने विषयमा खुल्न सकेको छैन । लामो समयदेखि चलचित्र छायाँकनमा सक्रिय अधिकारी सयौँ चलचित्र र म्युजिक भिडियो छायांकन गरेका छन् ।

उनी काठमाडौंको गोङ्गवुस्थित आफ्नै  अफिस जेसिका फिल्मस प्रालिको कार्यालयमा आज साँझ मृत फेला परेका हुन् ।

सम्बन्धित खबर

सिफारिस