
काठमाडौं, २६ माघ । नागरिक उडयन प्राधिकरणले त्रिभुवन विमानस्थललाई बुझाउनुपर्ने बक्यौता नबुझाएको भन्दै विभिन्न एयरलाइन्स र सञ्चालकहरुको नाममा ३० दिने सुचना प्रकाशन गरेको छ । प्राधिकरणका अनुसार ११ वटन कनयुवन सेवा कम्पनीहरुले प्राधिकरणलाई करोडौं रकम बक्यौता बुझाएका छैनन् ।
प्राधिकरणलाई रकम नबुझाउनेमा नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आंग छिरि󠄪ङ्ग शेर्पासहित पूर्व पर्यटन मन्त्री नारायाण सिंह पुनसम्मको नामावली प्राधिकरणले प्रकाशन गरेको छ ।
प्राधिकरणका अनुसार नेकोन एयरले ४ करोड ७० लाख भन्दा बढी रकम नबुझाएको पाइएको छ । नकोन एयरका सञ्चालकहरु मध्ये मिस नेपाल आयोजक गोपाल सुन्दर कक्षपतिसम्मको नाम प्राधिकरणले सार्वजनिक गरेको छ ।
शिवानी एयरले ५५ लाख ५१ हजार बुझाएको छैन । अल्पाइन एयरले ७२ हजार रुपैयाँ, गोरखा एयरले २० लाख भन्दा बढी बुझाएको छैन । पूर्व राजाकालिन मन्त्री नारायण सिंह पुनको स्वामित्व रहेको कर्णाली एयरले १७ लाख ४६ हजार भन्दाबढी रकम बुझाएको छैन । माउन्टेन एयरले १२ लाख ७३ हजार, कस्मिक एयरले ३ करोड ४७ लाख रुपैयाँ नबुझाएको पाइएको छैन ।
सांग्रिला एयरले १५ लाख ३७ हजार, आंगछिरिङ्ग शेर्पाको स्वामित्व रहेको स्काईलाइन एयरवेजले १५ लाख ५० हजार रुपैयाँ नतिरेको प्राधिकरणले जनाएको छ ।काष्टमण्डप एयरले ७ लाख ३८ हजार रुपैयाँ र नेपाल एवरेजले ५ लाख रुपैयाँभन्दा बढी नबुझाएको प्राधिकरणले जनाएको छ ।
यसअघि नेपाल पर्वतारोण संघका पूर्व अध्यक्ष हुनुपर्नेमा अन्यथा भएकोमा क्षमाप्रार्थी छौँ : सम्पादक
यस्तो छ सुचि
