रामकुमारी झाँक्रीको निवासमा प्रहरीले घेराबन्दी गरेपछि नाराबाजी !

दियो पोस्ट  

काठमाडौं, २९ माघ । नेकपाकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई पक्राउ गर्न उनको निवासमा प्रहरीले घेरा हालेपछि नाराबाजी शुरु भएको छ ।
उनको निवासअघि भेला भएका नेकपाका कार्यकर्ताले राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री केपी ओली विरुद्ध नाराबाजी गरेका छन् । उनीहरुले ‘खड्के ओली बाई बाई, रामकुमारी झाँक्री हाई हाई’ भन्दै नारा लगाएका छन् ।
राष्ट्रपति विद्यादेवि भण्डारी विरुद्ध भाषण गरेको भन्दै उनलाई पक्राउ गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिएको थिए ।

सिफारिस