बिना सर्त रामकुमारी झाँक्री रिहा, भनिन्,–‘राष्ट्रपति व्यक्तिको कुरा होइन प्रवृतिको हो’

बिना सर्त रामकुमारी झाँक्री रिहा, भनिन्,–‘राष्ट्रपति व्यक्तिको कुरा होइन प्रवृतिको हो’

काठमाडौं, २९ माघ । बिहीबार दिउँसो १ बजे पक्राउ परेकी नेकपा प्रचण्ड माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ ।

उनी करिब साढे ५ घण्टापछि बिहीबार साँझ रिहा भएकी हुन् । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले रामकुमारीलाई उनका श्रीमानको जिम्मामा रिहा गरिएको बताए ।

राष्ट्रपतिबारे अभिव्यक्ति दिएकी रामकुमारीलाई प्रहरीले राज्यविरुद्धको कसूरको अभियोगमा अनुसन्धान गर्न जरुरी पक्राउ पूर्जी थमाएर बिहीबार विहान पक्राउ गरेको थियो ।

उनलाई मिनभवनस्थित महाशाखाको कार्यालयमा झण्डै साढे ५ घण्टा राखेर साँझ रिहा गरिएको छ । रिहा भएपछि उनले राष्ट्रपति व्यक्तिको विरुद्ध नभई प्रवृत्तिको विरुद्धको सवाल भएको बताइन् ।

Trending News