काठमाडौं, १ फागुन । नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू र पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई एउटै मोर्चामा रहेको बताएका छन् ।
डा. भट्टराईद्वारा लिखित गुमनाम आमाहरुको कथा नामक कृति विमोचन कार्यक्रममा बोल्दै उनले फरक पार्टीमा भएपनि एउटै मोर्चामा रहेको बताएका हुन् ।
‘हामी विभाजन हुन खोजेपनि आम घाइते अपाङ्ग र शहिदहरुले विभाजन हुन दिनेछैनन्,’ उनले भने,‘हामी एउटै पार्टीमा नभएपनि एउटै मोर्चामा छौँ ।’